शनिबार, ८ वैशाख २०८१

मर्जरमा एउटाको दुर्बल पक्षलाई अर्को सवल पक्षले मेटाउँने गर्दछ 

समयपोष्ट २०७३ माघ ११ गते ५:४६

काष्ठमण्डप डेभलपमेन्ट बैंकको बित्तिय अवस्था कस्तो छ ?

Advertisement

काष्ठमण्डप डेभलपमेन्ट बैंकको बित्तिय अवस्था सवल र स्वस्थ छ । गत २०७२ आषाढमा ६.९० करोड रुपैयाँ नाफा आर्जन गर्न सक्षम यस बैंकले २०७३ आषाढ मसान्त सम्ममा २९.९५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भयो । जुन प्रतिशत्को हिसाबले ३३४ प्रतिसत्ले बढी हुनआउँछ । सोहि गतिमा अघि बढ्दै २०७३ आषाढ मसान्त सम्ममा निक्षेप ७१९ करोड रुपैयाँ परिचालन गरी कर्जा लगानी ६११ करोड रुपैयाँ पुर्याइ ५.०३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छौ । दश प्रतिशत् भन्दा बढी रहेको निष्कृय कर्जाकोे मात्रालाई पनि घटाई २०७३ आश्विन मसान्त सम्ममा ०.९८ प्रतिशत् मा सिमित गर्न सफल भएका छौ । जुन राष्ट्र्रिय तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार पनि राम्रोनै  हो । त्यसबाहेक हाम्रो २०७३ आषाढको इपिएस ३५.७१ रुपैयाँ हुनुले पनि हाम्रो वित्तिय अवस्था सवल छ रहेको सूचना दिन्छ ।

अहिले तरलता कतै अभाव, कतै फालाफाल जस्तो देखियो, किन यस्तो भयो ?

तपाईले भन्नुभएको कुरा शत्प्रतिशत् सत्य नैै  हो । अहिले बजारमा केही हदसम्मको तरलता अभाव त हो तर यसको मुख्य कारण आन्तरिक विपप्रेषणमा आएको कमि तथा सरकारी पुँनीगत खर्च हुन नसकी  सरकारी खातामा करीब २ अर्ब रुपैयाँ थन्किन गएको कारणले हो । तर गत हप्ताको र यस हप्ताको नेपाल राष्ट्र बैंकले जारी गरेको रिपोमा बैंक तथा बित्तिय संस्थाहरुको न्युन सहभागिता ( २०७३/०९/२२ मा दुई ओटा तथा २०७३/०९/२४ मा पाँच ओटा) देख्दा बजारमा तरलता अभाव त्यस्तो चर्को भएको जस्तो देखिदैन । मेरो बिचारमा कुनै बित्तिय संस्थाहरुले ब्याज पुँजीकृत गरेको कारणले उसको ऋणको मात्रा बढ्न गई सिसिडि अनुपात बिग्रन गएको कारणले उसलाई निक्षेप बढाउन चाप पर्न गई बजारमा ब्याजदर बढाएर निक्षेप संकल गरेकाले तरलता अभाव जस्तो देखिएको हो कि जस्तो लाग्छ । 

apurba 2

अहिलेको यो समस्या समाधान गर्न नगद सच्चित अनुपात (सिआरआर) लाई केही खुकुलो बनाए तरलता समस्यामा केही सहयोग पुग्छ भनिएको छ, के लाग्छ, यहाँलाई ?

मेरो  बिचारमा सिआरआरलाई अहिलेनै खुकुलो बनाईहाल्नु पर्ने बेला आईसकेको जस्तो मलाई लाग्दैन । हो अहिले पौष महिनामा अग्रिम कर दाखिला गर्नुपर्ने कारणले बजारको तरलता केही प्रशोचन भई सरकारी ढुकुटीमा पुग्दछ । जसले केही तरलता अभाव हुनसक्ला तर माघ देखि सरकारी खर्च बढी सो रकम पुनःबजारमा संचार हुनसक्ने संभावना पनि उत्तिकै छ । यो संचार हुनासाथ तरलता अभाव हटेर जाने विश्वास लिएको छु । 

राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा राष्ट बैकले तोकेको पूँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?

२०७४ असार मसान्तसम्ममा हामी जस्तो राष्ट्रिय स्तरको बिकास बैंकको लागि पुर्याउँनुपर्ने पुँजी रकम २५० करोड रुपैयाँ हो । तर हामी अहिले कुमारी बैंकसंग प्राप्तिको प्रक्रियामा छौ । हामी लगायत महाकाली बिकास बैंक,काँक्रेबिहार बिकास बैंक र पश्चिमाञ्चल फाईनान्स लाई  कुमारी बैंकको प्राप्ति प्रकृयापछि नपुग पुँजीलाई हकप्रद सेयर जारी गरी पुर्याउँछौ । 

कुमारी  बैंकसंग मर्जरमा जाने प्रक्रिया कहाँ पुगेको छ ?

कुमारी बैंकसंगको मर्जर प्रकृया निरन्तर अगाडी बढिरहेको छ । यसै क्रममा नेपाल राष्ट्र बैंकबाट एल ओ आई पनि प्राप्त भैसकेको छ । हाल मर्जरलाई सरल तरिकाले अघि बढाउँन सबै सदस्य बैंकको प्रतिनिधित्व हुने गरी विभिन्न समिती तथा उपसमितीहरु पनि बनाई क्रमबद्ध ढंगले कार्य विभाजन गरी अघिबढिरहेका छौ । 

apurba 3

मर्जर प्रक्रियामा संलग्न हुनुभयोे, यसका फाइदा बेफाइदा के रहेछन ? 

मैले एउटा मर्जर प्रक्रयामा संलग्न हुने अवसर पाएको छु । मर्जर तथा एक्युजिसनबाट हरेक पक्षले फाईदा लिन पाउँनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ । त्यसैले यसको बेफाईदाको कुरा छोडेर फाइदाकै कुरा गरौ । यस प्रकृयाले एउटा त पुँजी बढ्नेगर्छ जसले गर्दा लगानीको अवसर जुटाउँछ  । यो प्रकृयाले सञ्जाल बढाउँन पनि मद्त गर्दछ जसले गर्दा संस्थाको पहुँच पहिले नभएको स्थानमा पुग्दछ । यस प्रकृयामा ब्यापार ब्यवसाय पनि मर्ज हुने कारणले कारोवार पनि मर्ज भएकै मितीबाट बढ्ने गर्दछ जसले गर्दा पुँजी बढेको कारणले जोखिम मोलेर लगानी गर्ने परिपाटीलाई निरुत्साहित गर्दछ  । यस प्रकृयाले एउटाको दुर्बल पक्षलाई अर्को सवल पक्षले मेटाउँने पनि गर्दछ जसले गर्दा सबै जना सवल हुँन पुग्दछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री