बिहीबार, १५ चैत २०८०

देव बिकास बैंकको आज देखि हकप्रद खुल्यो

समयपोष्ट २०७३ माघ ९ गते ८:३१

देव विकास बैंकको हकप्रद खुलेको छ ।  बैंकको ५० प्रतिशत हकप्रदको बिक्री आईतबारबाट खुल्ला भएको हो ।  दोस्रो त्रैमासिकमा १२३ प्रतिशतले मुनाफा कमाएको बैंकको हकप्रद पौष १८ गतेसम्म दोस्रो बजारबाट खरिद गरेका र साबिक शेयरधनीले भर्न पाउनेछन् । हकप्रदमा आगामी फागुन १५ गतेसम्म आवेदन गर्न सकिनेछ भने  बैंकको बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Advertisement

 हकप्रद एनआइबिएल क्यापिटल मार्केट, देव बिकास बैंकको केन्द्रीय कार्यालय र सबै शाखा  कार्यालय, नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा कार्यालय पोखरा, बिराटनगर र बिरगंज, गुडविल फाईनान्सको शाखा कार्यालयहरु नेपालगंज र इटहरीबाट आवेदन दिन सकिने एनआइबिएल क्यापिटलले जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । गतबर्षको कमाईबाट बाँडेको १४ प्रतिशत बोनस समेत गर्दा बैंकको पूँजी करिब १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री