शनिबार, १५ वैशाख २०८१

नाफा बृद्धि गर्नेमा मेगा बैंक पनि थपियो

समयपोष्ट २०७३ माघ ९ गते ६:५०

मेगा बैंकले चालु आर्थिक वर्षको दोसो त्रैमासिकमा ३७ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतले बढी हो । बैंकले यसअवधिमा ३८ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब १ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले खुद व्याज आम्दानीबाटै ७७ करोड ४० लाख रुपैया कमाएको छ । बैकले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २२ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो । बैकले खराब कर्जा घटाएर ०. ६७ % मा झारेको छ । ४ अर्ब १ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले प्रोभिजनमा १३ करोड ४२ लाख रुपैयाँ राखेको छ । बैंकको जगेडाकोषमा १ अर्ब ३० करोड ७६ लाख रुपैयाँ रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री