शनिबार, ८ वैशाख २०८१

एनसेलको ‘इन्टरनेट सबैका लागि’ ,सस्तिदै एनसेल डेटा प्याक

समयपोष्ट २०७३ माघ ९ गते ६:१८

एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने नारासहित नयाँ डेटा अफर सार्वजनिक गरेको छ । कम्पनीद्धारा जारी विज्ञप्तिमा एनसेलका सबै ग्राहकहरुले आकर्षक तथा सुलभ मुल्यमा डेटाबाट इन्टरनेट चलाउन सक्ने उल्लेख गरिएको छ । 

Advertisement

आइतबारबाट  लागु हुने यो योजनामा कम्पनीले  भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई ५ वटा सरल शुल्कमा ल्याएको छ । योजनामा ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्ये कुनैपनि खरीद गर्न  सक्नेछन् । 

अल टाइम डेटा प्याक चाहने ग्राहकले ९ रुपैयाँमा २० एमबि, २० रुपैयाँमा ५० एमबि,१ सय रुपैयाँमा ३ सय एमबि,  १ सय ५० रुपैयाँमा ५ सय एमबि र २ सय ५० रुपैयाँमा १  हजार एमबि डेटा खरिद गर्न सक्ने कम्पनीले  जनाएको छ । 

डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्ने र नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोही मूल्यमा अल टाइम डेटा प्याक भन्दा ४ गुणा बढी डेटा भोल्युम पाउने कम्पनीले जनाएको छ।

नाइट डेटा प्याक सुचारु गर्नेले ९ रुपैयाँमा ८० एमबि, २० रुपैयाँमा २ सय एमबि, १ सय रुपैयाँमा १२ सय एमबि, १ सय ५० रुपैयाँमा २  हजार एमबि र २ सय ५० रुपैयाँमा ४ हजार एमबि डेटा पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री