शनिबार, ८ वैशाख २०८१

प्रभावित क्षेत्रका बासिन्दाको लागि हिमालयन पावर पार्टनरले साधारण सेयर निश्कासन गर्ने

समयपोष्ट २०७३ माघ ७ गते ८:३६

हिमालयन पावर पार्टनर लिमिटेडले  उद्योग प्रभावित क्षेत्रका बासिन्दाको लागि १० लाख ६५ हजार ४ सय १७ कित्ता साधारण सेयर जारी गर्ने भएको छ । लमजुङको दोर्दीखोलामा २७ मेगावाटको जलविद्‍युत आयोजना निर्माणरत कम्पनीले माघ १७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि १ सय रुपैँया अंकित दरका १० लाख ६५ हजार चार सय १७ कित्ता साधारण सेयर जारी गर्ने भएको हो । साधारण सेयरमा लमजुुङ्ग जिल्लाका आयोजनाबाट अति प्रभावित हुने चिती, ढोडेनी, बन्सर,नौथर, श्रीमञ्ज्याङ्ग, अर्चलबोट गरी ६ वटा गाबिसका बासिन्दाले ५ लाख ३२ हजार ७ सय ८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

Advertisement

अन्य गाबिसका बासिन्दाहरुले भने ५ लाख ३२ हजार ७ सय ९ कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड लिमिटेड रहेको छ भने आवेदन छिटोमा फगुन २ गते र ढिलोमा फागुन १७ गते सम्म दिन सकिने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री