शनिबार, १५ वैशाख २०८१

आजबाट सुरु भयो ह्युण्डाईको  एक्सचेन्ज क्याम्प

समयपोष्ट २०७३ माघ ६ गते ८:२२

नेपालका लागि ह्युण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले बिहिबारबाट एक्सचेन्ज क्याम्प सूरु गरेको छ । क्याम्पमा ह्युण्डाई ब्राण्डका सबै मोडलहरु साटिने छ । कम्पनीले जारी गरेको प्रेश विज्ञप्ति अनुसार यो योजना देशभरी नै  लागू  हुने छ । ३ दिनसम्म चल्ने क्याम्पमा एक्सचेन्जसँगै कम्पनीले गाडी खरिदमा नगद छुट, एक वर्षे गाडी विमा ,सडक कर, लोयल्टी बोनस, स्पेसल ब्याज दर र एक्सचेन्ज बोनसको अफर पनि सार्वजनिक गरेको छ । ह्युण्डाईको सो योजनामा एक्सचेन्ज , टेष्ट ड्राइभ एण्ड वीन र मनोरन्जन समावेश गरिएको छ । योजना अन्तर्गत टेष्ट ड्राइभ  गरेका मध्ये हरेक दिन लक्की ड्र मार्फत एक जनालाई सामसुङ ग्यालेक्सी जे स्मार्टफोन प्रदान गरिने कम्पनीले जनाएको छ ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री