बिहीबार, १५ चैत २०८०

भ्वाइस र इन्टरनेट सेवा बाहेक मोबाइलमा अतिरिक्त सेवाका लागि इजाजतपत्र लिनुपर्ने

समयपोष्ट २०७३ माघ ४ गते ३:३३

मोबाइलमा भ्वाइस (कुराकानी) र इन्टरनेट (डाटा) सेवा बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने भएको छ । मोबाइलमा मनोरन्जन सेवा, मोबाइल बैंकिङ, लोकेसन ट्याकिङसहितको सेवाका लागि अनुमति लिनुपर्ने भएको हो ।  

Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा दिने अतिरिक्त दूरसञ्चार सेवाका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न लागेको हो । प्राधिकरणले गरेको एक अध्ययन पश्चात परामर्शपत्र सार्वजनिक गरेको छ । यो पत्रअनुसार नेपालमा मोबाइलमा दिने अतिरिक्त सेवाका लागि अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार मोबाइलमा भ्याइस र डाटाको अतिरिक्त अन्य सेवा दिन इजाजत लिने व्यवस्था गर्न लागिएको हो । मोबाइल तथा यसबाट लिइने सेवाको विश्वसनियता र नियमनका लागि इजाजतपत्रको व्यवस्था आवश्यक भएकाले उचित परामर्श माग गरिएको उनले जानकारी दिए ।

प्राधिकरणले मोबाइल भ्याल एडेड सर्भिस (एमभास)का लागि अनुमति लिने व्यवस्था गर्न लागेको हो । जेनेरल मोबाइल भ्यालु एडेड, मोबाइल फाइनान्स र लोकेसन ट्याकिङ सेवाका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्न खोजिएको प्राधिकरणले जानकारी दिएको छ ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री