बिहीबार, १३ वैशाख २०८१

फेवा विकास बैंकको २०.६० प्रतिशत बोनश शेयर पारित

समयपोष्ट २०७३ माघ २ गते ६:३९

फेवा विकास बैंकको साधारणसभाले २०.६० प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको नवौं साधारणसभाले शेयरधनीहरुलार्इ  चुक्तापूँजीको २०.६० प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले गण्डकी विकास बैंक आपसमा गाभ्ने सम्वन्धी प्रस्ताव समेत पारित गरेको छ । एकीकृत कारोबारपछि बैंकको चुक्ता पूँजी १ अर्ब ८४ करोड पुग्नेछ । बैंकको पूँजीकोष २ अर्ब ४७ करोड,कुल निक्षेप १७ अर्ब ६८ करोड र कर्जा १५ अर्ब ४० करोड पुग्नेछ । बैंकको साधारणसभाले राष्ट्र बैंकको स्वीकृतिमा मर्जरपछि चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकको देशका विभिन्न स्थानमा ५० वटा शाखा रहेका छन् । बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा सार्ने  निणर्य साधारणसभाले गरेको छ । 

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री