शुक्रबार, १६ चैत २०८०

पुननिर्माणमा जगदम्बा सिमेन्टको हातेमालो

समयपोष्ट २०७३ पुष २९ गते ४:१९

“आऔं सबै मिली देश बनाऔं” भन्ने नाराका साथ जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानकारी सहितको निर्माण कर्मी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 
बुधवार नुवाकोटमा सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य पुन निर्माणमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा निर्माणकर्मीहरुले पु¥याउनु पर्ने प्रविधिक तथा चेतनामुलक जानकारी प्रदान गर्नु रहेको जनाइएको छ । 
यस्ता संदेशमुलक कार्यक्रम लिएर जगदम्बा सिमेन्ट पुन निर्माणको यो महा–अभियानमा लागी पर्नेमा कम्पनी दृढ रहेको कुरा कम्पनीका व्राण्ड मेनेजर जगन्नाथ दाहालले बताए । उनले हरेक निर्माणकर्मीले जोड्ने ईट्टा, इट्टाले नै संरचनाको आयु निर्धारण गर्छ र संरचनाको दिगोपनले नै देश सम्मृद्ध हुने बताए ।
रोशन पाठकको सभापतित्वमा भएको उक्त कार्यक्रममा २०० भन्दा बढी निर्माणकर्मी, व्यवसायी, प्राविधिक, राजमिस्त्री, इन्जिनियर तथा सरकारी तथा गैर–सरकारी संस्था उच्च पदस्त व्यक्तिहरुको सहभागीता रहेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री