बिहीबार, १३ वैशाख २०८१

पुननिर्माण प्राधिकरणमा सुशील ज्ञवाली बर्खास्त, डा गोविन्द पोखरेल पुनः नियुक्त

समयपोष्ट २०७३ पुष २७ गते ८:३४

सरकारले राष्ट्रिय पूनर्निर्माण प्राधिकरण कार्यकारी अधिृकत सुशीलराज ज्ञवालीलाई बर्खास्त गरी सोही पदमा गोबिन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 
दुई पटकसम्म सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बुधवार  बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो।
नवनियुक्त पोखरेललाई यस अघि पनि सोही पदमा सुशील कोइरालाको सरकारले नियुक्त गरेको थियो। तर सरकारले विधेयक समयमा पास नगर्दा कामै गर्न नपाई उनको पद यत्तिकै गुमेको थियो। पोखरेलकै नेतृत्वमा योजना आयोगले भूकम्पपछिको आवश्यकता मूल्याङ्कन ९पिडिएनए० प्रतिवेदन तयार पारेको थियो, जसमा भूकम्पपछिको पुनःनिर्माणका लागि सात खर्ब ७० अर्ब बराबरको आवश्यकता औँल्याएको थियो । 
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको छ । कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पूनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिकाृ अनुमति दिने निर्णय पनि गरेको छ । नियुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिए ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री