शनिबार, ८ वैशाख २०८१

‘बचत गरौ’ भन्ने मूल नारासहित ग्लोबल आइएमर्इ बैंकको प्रभातफेरी

समयपोष्ट २०७३ पुष २४ गते ५:२१

ग्लोबल आइएमर्इ बैंकले दशौ वर्ष पूरा गरेको अवसरमा प्रभातफेरी आयोजना गरेको छ।वित्तिय साक्षरता जगाउन ‘बचत गरौ’ भन्ने मूल नारासहित गरेको प्रभातफेरी दरबारमार्ग,घण्टाघर,रत्नपार्क,शहीदगेट,न्यूरोडगेट,वीरहस्पिटल,जमल हुँदै कान्तिपथ शाखामा आएर सकिएको छ।

Advertisement

बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाकालदेखि बैंकमा कार्यरत ३२ कर्मचारीलार्इ सम्मान समेत गरे।बैंकले वार्षिकोत्सवका अवसरमा अति प्रज्ज्वलनशिल पदार्थबाट जलेर पीडित बनेका बच्चाबच्चीलार्इ ज्याकेट र खाद्यान्न वितरण गरेको थियो।बैंकले शान्तिनगरमा रहेको निसहाय सेवा सदनमा आश्रय लिएका वृद्धवृद्धालार्इ कम्बल बाँडेको थियो।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले  ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री