उद्योगीको डिफेन्डर चढेर झापा घुमेका बालेन एमालेको टेस्लामा फर्किए !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र साहले चुनावी प्रचारका क्रममा उद्योगी कमलकिशोर मालपानीको स्वामित्वमा रहेको महँगो ल्याण्ड रोभर डिफेन्डर गाडी चढेर झापा तथा आसपासका पूर्वी जिल्लाहरू घुमे ।

Advertisement

व्यवसायीको महंगो डिफेन्डर चढेर चुनावी प्रचारमा हिडेको भन्दै विवाद भैरहँदा बालेन फेरी टेस्लामा देखिएका छन् ।

बालेन शनिबार साँझ झापाबाट काठमाडौँ फर्किए । बालेनलाई लिन त्रिभुवन विमानस्थलमा नेकपा एमालेका युवा नेता डा सुजन कडरियाका भाई रातो रंगको टेस्ला लिएर पुगेका थिए ।

Advertisement

बालेन कडरियाका माइलो भाइ सुशीलसंगै बागमती प्रदेश ४४०६ नम्बरको टेस्लामा बाहिरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री