
नेपाली कांग्रेसले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले खातीलाई सुदूरपश्चिम प्रदेशबाट ‘अन्य’ क्लस्टरमा उम्मेदवार अघि सार्ने टुंगो लगाएको हो।
खाती नेकपा विभाजनपछि गठित शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा महान्यायाधिवक्ता नियुक्त भएका थिए।
उनी नेपाल बार एसोसिएसनका पूर्वमहासचिवसमेत हुन्।










प्रतिक्रिया