
अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारले शुक्रबार ६ बुँदे सहमति गरेको छ। सहमतिसँगै उनीहरूको ११औँ दिनमा आमरण अनशन तोडिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा दुवै अनशनकारीलाई जुस खुवाएर अनशन तोडाउनुभएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार सहमतिपत्रमा डा. भुसाल, विष्ट तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गर्नुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीहरूमाथि कारबाही गर्नुपर्ने लगायतका माग राख्दै डा. भुसाल र विष्ट माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए।










प्रतिक्रिया