बिहीबार, ६ वैशाख २०८१

सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रमलाई हिमालयन बैंकको सहयोग

समयपोष्ट २०७३ पुष १८ गते १२:१०

 हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थान–७ स्थित ‘सिद्धि स्मृति प्रतिष्ठान’, ‘सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम’ लाई सहयोग प्रदान गरेको छ ।

Advertisement

बैंकले सहयोग स्वरुप उक्त अस्पताल तथा बृद्धाश्रमलाई दश हजार थान ओ. पि. डि. टिकट बुक, दुई थान ३२ इन्चको टेलिभिजन र दुइ थान कम्प्युटर सेट प्रदान गरेको छ ।

वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।

बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेललाई एक समारोहका बीच हस्तान्तरण गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री