शनिबार, १५ वैशाख २०८१

कञ्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद खुल्यो

समयपोष्ट २०७३ पुष १८ गते ५:५५

कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । मंसिर २९ गतेसम्म कायम  बैंकका सेयरधनीले हकप्रद सेयरमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

Advertisement

बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो । बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालय र ग्लोबल आइएमई बैंकका विभिन्न सात शाखाबाट आवेदन दिन सक्नेछन् । हाल १९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । ५० प्रतिशत हकप्रद र गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रस्ताव गरेको २५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ३४ करोड ६५ लाख पुग्नेछ । बैंकले बोनस र हकप्रदपछि कायम हुने ३४ करोड ६५ लाख चुक्ता पूँजीको फेरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पुस ९ गतेको साधारणसभाबाट पारित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री