शनिबार, ८ वैशाख २०८१

सुरुभयो स्वयम्भुबाट लाईसेन्स वितरण

समयपोष्ट २०७३ पुष १७ गते ६:३३

सरकारले स्वयम्भु ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरणको काम सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आइतबार बिहान  ठूलो भर्‍याङस्थित यातायात कार्यालयको उदघाटन गरेपछि सेवा सुरु गरिएको हो । 

Advertisement

 कार्यालयले भोलिबाट नविकरणको काम सुरु गर्ने छ भने आउँदो आइतबारदेखि  लासेन्सका सबै काम सुरु हुने यातायात व्यवस्था बिभागले जनाएको छ ।

कार्यालय मातहतको ट्रायल सेन्टर नभएका कारण  सुरुवातमा लाइसेन्स नवीकरणको काम गर्ने  र लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन बुझ्ने काम  मात्र  हुने  विभागले जनायो । अबको हप्तादिन भित्र  भने यातायात कार्यालय अन्तरगत रहने गरी निजी ट्रायल सेन्टर भाडामा लिई काम थालिने विभागले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री