आइतबार, २ कार्तिक २०८२

बेलचौतारा–मुस्ताङ पुल: चार वर्षमा ३० प्रतिशत प्रगति

समयपोष्ट २०८१ माघ १८ गते १०:०१

Advertisement

तनहुँको बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

मूल्य अभिवृद्धि करसहित रु.१५ करोड ५९ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ ।

यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म रु.आठ करोड १३ लाख भुक्तानी भइसकेको बताउनुभएको छ । ‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एकसय ५० दशमलव ४ मिटर हुनेछ । चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री