नेपाल एसबिआई मर्चेण्टलाई एनआरएन इन्फ्रास्ट्रक्चरको हकप्रद शेयर निष्काशनको जिम्मा

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।

Advertisement

एनआरएन इन्फ्रास्ट्रक्चरले आफ्नो चुक्ता पुँजीको १:१ अनुपातमा १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। यस सम्बन्धी सम्झौतामा आज नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले हस्ताक्षर गर्नुभएको हो।

यस सम्झौतासँगै एनआरएन इन्फ्रास्ट्रक्चरको आ.ब. २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित हकप्रद शेयर निष्काशन प्रक्रियाको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ।

वि.सं. २०६९ सालमा स्थापना भएको यो कम्पनीले जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगायतका क्षेत्रमा विभिन्न परियोजनामा लगानी गर्दै आएको छ। कम्पनीका संस्थापकहरु प्रतिष्ठित व्यक्ति, विद्युत, बैंक तथा वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र, र अन्तर्राष्ट्रिय व्यापार-व्यवसायमा अनुभव भएका छन्।

नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको यो सहायक कम्पनीले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सेवाहरु प्रदान गर्दै आएको छ। यसमा लगानी व्यवस्थापन, शेयर निष्काशन र विक्रि प्रबन्ध, शेयर खरिद प्रत्याभूति, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श, र शेयर रजिष्ट्रार सेवा समावेश छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री