बुधबार, ७ साउन २०८२

राष्ट्रिय गौरबको खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

समयपोष्ट २०८१ माघ १२ गते ८:०६

राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माबिको हिरक महोत्सवको उद्घाटन गर्नुहँुदै माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिनुभयो । ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्का सडक जोडिने छ ।

कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको मन्त्री खड्काले बताउनुभयो । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेकाले उहाँले बताउनुभयो । ब्रेक थ्रुसँगै सडकको स्तर उन्नती र चौँडा बनाउने काम गरिने उहाँले बताउनुभयो ।

यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलब पाँच किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ । सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको एक सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथाङ्काबाट घोङ्घोप्पासम्म १४ किमी सडकको कच्ची ट्याक खुलिसकेको थियो । खाँदबारी किमाथाङ्का सडकको दुरी एक सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री