
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद्को दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
एक मन्त्रीका अनुसार, ‘माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरिएको छ।’
विपक्षी दलहरूले सरकारलाई संसद अधिवेशन बोलाउन ढिला गरेको आरोप लगाउँदै आएका छन्। उनीहरूले सरकारले अध्यादेशमार्फत सरकार सञ्चालन गर्ने मनसाय राखेको भन्दै आलोचना गरेका छन्।
सरकारले भने संसद्को बैठक बोलाउने निर्णयले संविधानअनुसारको प्रक्रिया पूरा गरेको स्पष्ट पारेको छ। यस अधिवेशनमा देशका विभिन्न राजनीतिक, आर्थिक र सामाजिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया