नेपाल धितोपत्र बोर्डद्वारा मुद्दती रकम लगानीका लागि प्रस्ताव आह्वान
समयपोष्ट
२०८१ माघ २ गते ११:४२

नेपाल धितोपत्र बोर्डले अक्षय कोषमा रहेको लगानीयोग्य रकमलाई ६ महिनाको लागि मुद्दती खातामा राख्न ‘क’ वर्गका वाणिज्य बैंकहरूबाट प्रस्ताव आह्वान गरेको छ।
बोर्डले आज जारी गरेको सूचना अनुसार, इच्छुक वाणिज्य बैंकहरूले ६ महिनाको लागि प्रस्तावित ब्याज दरसहितका शिलबन्दी प्रस्ताव ३ कार्यदिनभित्र पेश गर्नुपर्ने छ।
शिलबन्दी फाराम बोर्डको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ। थप जानकारीका लागि बोर्डको लेखा तथा वित्त शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।
प्रस्ताव पेश गरिएका शिलबन्दीहरू माघ ४ गते अपराह्न १ः३५ बजे बोर्डको कार्यालय, खुमलटारमा खोलिने सूचनामा जनाइएको छ।



























प्रतिक्रिया