मंगलबार, २४ असार २०८२

सीजी डिजिटलले एकैपटक सञ्चालनमा ल्यायो ५ नयाँ शोरूम

समयपोष्ट २०८१ पुष २८ गते २०:४०


सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी, र काठमाडौँको बिशालनगरमा ५ नयाँ शोरूमहरूको उद्घाटन गरेको छ। यी शोरूमहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, र भान्साका उपकरणहरू लगायतका विभिन्न प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन्।

Advertisement

शोरूममा LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing, र Apple iPhone लगायतका अन्तर्राष्ट्रिय स्तरका ब्रान्डका उत्पादनहरू उपलब्ध छन्।

शोरूमहरूको मुख्य उद्देश्य ग्राहकहरूलाई सुपथ मूल्यमा उच्च गुणस्तरीय उत्पादनहरूको प्रदर्शन र बिक्रीका साथै प्रयोगबारे शिक्षा प्रदान गर्नु हो। दक्ष र अनुभवी सेल्स पर्सनहरूले ग्राहकहरूलाई विद्युतीय सामग्रीहरूको विस्तृत जानकारी प्रदान गर्नेछन्।

नयाँ शोरूमहरूको उद्घाटनको अवसरमा ग्राहकहरूले ३०% सम्मको विशेष छुटको फाइदा लिन सक्नेछन्। यो छुट सीमित समयका लागि मात्र मान्य हुनेछ। साथै, शोरूममा फ्री कुकिङ क्लास र लाइभ डेमोको व्यवस्था गरिएको छ, जसमा सहभागी भई नयाँ खाना पकाउने कला सिक्न सकिनेछ।

नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा, सीजी डिजिटलले निम्न सुविधाहरू उपलब्ध गराउँदै आएको छ:

Advertisement

फ्री डेलिभरी र फ्री इन्स्टलेसन,अन स्पट ईएमआई सुविधा,एक्सचेन्ज अफर र लोयल्टी पोइन्ट्स उपलब्ध गराउने जनाएको छ ।
यी नयाँ शोरूमहरूसहित सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ। यसले देशभरका ग्राहकहरूको आवश्यकता पूरा गर्न थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री