नेपाल-चीन सीमामा ७ म्याग्निच्युडको भूकम्प, नेपालका अधिकांश भागमा धक्का महसुस

आज बिहान नेपाल-चीन सीमाना नजिक, तिब्बतको दिंगे कान्टी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको छ।

Advertisement

भूकम्प बिहान ६:५० बजे महसुस गरिएको हो।

खानी तथा भूगर्भ विभागका अनुसार यो भूकम्पले नेपालका प्रायः सबै क्षेत्रमा धक्का दिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपालको पूर्वी र मध्य क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ।

भूकम्पको झट्का महसुस गर्नासाथ मानिसहरु होहल्ला गर्दै घरबाहिर निस्किएका थिए।

Advertisement

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त नभए पनि स्थानीय प्रशासनले सम्भावित क्षतिका विवरणहरू संकलन गर्ने काम तीव्र रूपमा गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री