कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

कुमारी बैंक लिमिटेडले युएसएडसँगको साझेदारीमा सञ्चालन गर्दै आएको “देशैभरि, वर्षैभरि” अभियानअन्तर्गत बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ मा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

Advertisement

कार्यक्रमको आयोजना कुमारी बैंकको हात्तिगौडा शाखाले बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ को समन्वयमा गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र वडा नं. ४ का अध्यक्ष श्रीराम के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुई सयभन्दा बढी महिला तथा युवाको सहभागीता रहेको थियो। प्रशिक्षणले वडामा स्थायी बसोबास गर्दै आएका महिला तथा युवाहरूलाई उद्यमशीलताका लागि आवश्यक ज्ञान, सिप, र मनोबल वृद्धि गर्न तथा उनीहरूलाई आर्थिकरूपमा सक्षम बनाउने लक्ष्य राखेको छ।

वडा नं. ४ का अध्यक्ष श्रीराम के.सी.ले कार्यक्रममा बोल्दै यस किसिमका प्रशिक्षणले स्थानीय उद्यमीहरूको जीवनस्तर सुधार गर्न र उनीहरूको व्यवसायिक सम्भावनालाई प्रोत्साहित गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

कुमारी बैंकले वित्तीय ज्ञान, व्यवहारिक सिप, र मनोबल वृद्धिका माध्यमबाट उद्यमशीलता विकासलाई प्राथमिकता दिँदै आएको छ। यस अभियानअन्तर्गत बैंकले वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहित सन्देशमूलक भिडियो, तथा सचेतनामूलक सन्देशहरूको विकास, प्रकाशन, र प्रशारण गर्दै आइरहेको छ।

Advertisement

२३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर, र ५४ शाखारहित बैंकिङ्ग इकाईहरूको माध्यमबाट अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ, र उत्कृष्ट सेवा पुर्‍याउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

बैंकले यो अभियानले स्थानीय निकायहरूमा रहेका उद्यमी सोचलाई प्रवर्द्धन गर्दै आर्थिक रूपमा समृद्ध परिवार, समाज, र राष्ट्र निर्माणमा टेवा पुर्‍याउने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री