शनिबार, २२ वैशाख २०८१

आई.एम.ई. लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा दिपक राज गिरी र दिपा श्री

समयपोष्ट २०८० माघ १३ गते ९:५४


आई.एम.ई. लाइफ इन्स्योरेन्स क. लि. को ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपा श्री निरौला नियुक्त भएका छन् ।

Advertisement

शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रियस्तरको अभिकर्ता तालिम कार्यक्रममा कलाकार गिरी, निरौला र आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबिच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भयो ।

सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको बताए।

साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर गिरी र दिपा निरौलाले आई.एम.ई लाइफसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री