आइतबार, २३ वैशाख २०८१

टाटा मोटर्स फन कार्निभल ३.० आयोजना

समयपोष्ट २०८० पुष २७ गते ९:३९

Advertisement

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ ।

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला यहि पौष २७ गतेदेखी पौष २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड,सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडीङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंज आयोजना गर्न लागिएको हो ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन । कम्पनीका अनुसार यस कार्निभलका मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

Advertisement

उक्त कार्निभलमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री