शनिबार, १८ चैत २०७९

पोखरामा आत्मदाह गर्न खोजेका युवालाई बचाउने महिलाको निधन

समयपोष्ट २०७९ माघ १६ गते १३:२१

Advertisement

पोखरामा आत्मदाह गर्न खोजेका युवालाई बचाउने क्रममा गम्भिर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

आइतबार पोखरा महानगरपालिका-१३ काँहुखोलाकी ४० वर्षकी संगीता सापकोटाको सोमबार उपचारका क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

आइतबार बिहान सापकोटाको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षिय कृष्णबहादुर क्षेत्री आफूमाथि आगो लगाएका थिए ।

उनलाई बचाउन गएकी सापकोटाले जलेर गम्भिर रुपमा घाइते भएकी थिइन्। सापकोटाको ८० प्रतिशत शरिर जलेको थियो ।

दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री