बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री प्रचण्डद्वारा अंगदान गर्ने घोषणा

समयपोष्ट २०७९ माघ ६ गते १०:४९

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रत्यारोपण केन्द्रले ठूलो धनरासी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्न विदेशिने अवस्थाको अन्त्य गरेको भन्दै केन्द्रलाई धन्यावाद दिए ।

प्रधानमन्त्री प्रचण्डले भने,’नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन्।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ। मिर्गौला प्रत्यारोपणका लागि वार्षिक रुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि भूमिका खेलको छ। यसका लागि केन्द्रलाई धन्यवाद दिन्छु।’

प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको स्मरण गर्दै त्यो निर्णय लागू नभएको सुन्नमा आएकाले त्यसको सम्बोधन हुँने समेत बताए ।

प्रधानमन्त्रीले प्रचण्डले केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न नसक्ने भन्दै देशभर विस्तार गर्नुपर्ने आवश्यकता औल्याए । प्रधानमन्त्रीले प्रचण्डले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने मागप्रति सरकार गम्भिर भएको बताए ।

प्रधानमन्त्रीले प्रचण्डले भने,’यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन। यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ। साथै ७ वटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईहरूको मागप्रति गम्भिर छु।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री