सोमबार, २४ वैशाख २०८१

डि.ए.भी. अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना हुने

समयपोष्ट २०७९ माघ ५ गते २१:०४

Advertisement

ललितपुरको जावलाखेलस्थित डि.ए.भी. कलेज (+2) ले अन्तर कलेज +2, सिक्स ए साइड चौथो फुटसल प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार विजेता टिमलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने छ ।

माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री