शनिबार, २२ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकसहित पाँच कम्पनीको शेयरमूल्य समायोजन

समयपोष्ट २०७९ पुष २० गते १०:४०

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकसहित पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

बुधबार नेप्सेमा मुक्तिनाथ विकास बैंक, हिमालयन डिष्टिलरी, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र गुराँस लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

आज मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत, हिमालयन डिष्टिलरीको ६० प्रतिशत,साधना लघुवित्तको १९ प्रतिशत, मिर्मिरे लघुवित्तको २३ प्रतिशत र गुराँस लघुवित्तको ४ प्रतिशत बोनस शेयर समायोजन भएको हो।

समायोजनपश्चात मुक्तिनाथ विकास बैंकको ४१९ रुपैयाँ ३८ पैसा, हिमालयन डिष्टिलरीको शेयरमूल्य २ हजार ५१८ रुपैयाँ ७५ पैसा, साधना लघुवित्तको ९०४ रुपैयाँ २० पैसा, मिर्मिरे लघुवित्तको ८२१ रुपैयाँ ३८ पैसा र गुराँस लघुवित्तको ८३२ रुपैयाँ २० पैसा कायम भएको छ।

Advertisement

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। मंगलबार मुक्तिनाथ विकास बैंकको ४७६ रुपैयाँ, हिमालयन डिष्टिलरीको शेयर प्रतिकित्ता ४ हजार ३० रुपैयाँ, साधना लघुवित्तको १ हजार ७६ रुपैयाँ, मिर्मिरे लघुवित्तको १ हजार १० रुपैयाँ ३० पैसा र गुराँस लघुवित्तको ८३२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री