शनिबार, ८ वैशाख २०८१

सिद्धार्थ बैंकको खुद नाफा १ अर्ब ५७ करोड

समयपोष्ट २०७८ माघ ७ गते १७:५९

Advertisement

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोहि अवधिको तुलनामा ७१.६८ प्रतिशतले धेरै हो।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ९१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने १८ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी २० प्रतिशतले बढेको छ।

१२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड रुपैयाँ छ।

बैंकको निक्षेप संकलन ४ प्रतिशतले बढेर १ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ११ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १९ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २६ पैसा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री