आइतबार, १५ जेठ २०७९

भारतका प्रधानमन्त्री मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता

समयपोष्ट २०७८ माघ ७ गते १४:५३

Advertisement

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।

मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् ।

मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । १३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ । बाइडेनको पछि क्रमश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् ।

मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्राघी छन् । ओब्रादर र ड्राघीको एप्रोभल रेटिङ ६६ र ६० प्रतिशत छ । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री