शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

समयपोष्ट २०७८ माघ ५ गते १६:२९

Advertisement

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गर्नुभएको छ ।

त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, बिराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गर्नुभएको छ ।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री