शुक्रबार, १४ वैशाख २०८१

भायनेटले ल्यायो ५० हजार रुपैयाँको पुरस्कार राशिसहितको अल्ट्राफाई टिकटक च्यालेन्ज

समयपोष्ट २०७८ पुष २२ गते १६:५७

Advertisement

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो ।

प्रतियोगितामा सहभागी हुन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक एकाउन्टमा भएको आवाज ट्रयाक गर्नुपर्ने छ । आवाज ट्र्या गरेर अपलोड गरेको भिडियोले मात्रै च्यालेन्जमा प्रतिस्पर्धा गर्न सक्छ ।

कम्पनीको यो प्रतियोगिता फेब्रुअरी २८ सम्म खुला रहने छ । प्रतियोगितामा सहभागीमध्यबाट आएको सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजार रुपैयाँ पुरस्कार जित्न सक्ने र यसमा सरकारले कर काट्ने बताइएको छ ।

https://www.tiktok.com/music/Vianet-ULTRAFI-7048130583305784090)

Vianet ULTRAFI TikTok च्यालेन्जका नियम र सर्तहरू

-सहभागीहरूले आफ्नो क्याप्शनमा #ULTRAFI_Vianet ह्यासट्याग प्रयोग गरेको हुनुपर्छ र आफ्नो भिडियो पोस्ट गर्दा #ULTRAFI_Vianet ट्याग गरेको हुनुपर्छ ।

– सहभागीहरूले आफ्नो भिडियो २७ फेब्रुअरी भित्र अपलोड गर्नुपर्छ  ।

– भायनेट सँग प्रिन्ट विज्ञापनरबाहिर र डिजिटल मिडियामा कुनै पनि प्रचारात्मक प्रयोगको उद्देश्यका लागि सहभागीरविजेताहरूको प्रोफाइल तस्वीररजानकारी प्रयोग गर्ने अधिकार रहने छ ।

-भायनेटका कर्मचारी र परिवारका सदस्यहरू प्रतियोगितामा जित्नका लागि योग्य हुने छैनन् । यदि विजेता कुनै पनि हिसाबले कर्मचारी वा परिवारको सदस्यको रूपमा सम्बन्धित भएको पाइएमा, प्रविष्टि र प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ ।

-पुरस्कारहरू हस्तान्तरण गर्न मिल्ने छैन ।

-सहभागीलाई आफ्नो रुचि अनुसार पुरस्कार माग्ने अधिकार हुने छैन । पूर्ण वा आंशिक रूपमा पुरस्कारको लागि कुनै विकल्प प्रस्ताव गरिने छैन ।

-प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।

-यो प्रतियोगिता सञ्चालन गर्ने सम्पूर्ण अधिकार भायनेट कम्युनिकेसन्समा सुरक्षित छ र कम्पनिको निर्णय अन्तिम र अपरिवर्तनीय रहनेछ ।

– कुनै विवाद भएमा, भायनेटले प्रतियोगिताको सम्पुर्ण निर्णयको अधिकारहरू राख्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री