शुक्रबार, १४ वैशाख २०८१

नेप्से परिसूचक २६०० माथि

समयपोष्ट २०७८ पुष १९ गते १५:५३

Advertisement

नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ ।

नेप्से परिसूचक ३२.०३ अंक बढेर २६१६.९४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.८६ अंक, फ्लोट इण्डेक्स २.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ५४ हजार ५०५ पटकको कारोबारमा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको ८२ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ।

सोमबार पनि मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। यस दिन कम्पनीको शेयरमूल्य १६ रुपैयाँ १० पैसा बढेर १७७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईसी एशिया लघुवित्त र साल्ट ट्रेडिङ्गको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री