शनिबार, ५ जेठ २०८१

स्मार्ट टेलिकमको ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ को अफर

समयपोष्ट २०७८ पुष १८ गते ११:४५

Advertisement

स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ ।

चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा ग्राहकले स्मार्ट सेलका डाटा प्याक खरिद गर्दा डबल खुसी प्राप्त गर्न सक्ने छन् ।

यस योजनामा अन्तर्गत डाटा प्रयोगकर्ताहरूले ग्रेटेस्ट जीबी प्याक, २०० एमबी दैनिक डाटा र मासिक २ जीबी डाटा प्याक खरिद गर्दा ‘बाइ वन, गेट वन फ्रि’ योजना अन्तर्गत एउटै मूल्यमा समान अवधिका लागि डबल डाटा निःशुल्क पाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री