शुक्रबार, १४ वैशाख २०८१

बियर क्यान ब्रामा केटी, तस्विर भाइरल

समयपोष्ट २०७८ पुष १८ गते ११:२२

Advertisement

अमेरिकी गायिका केटी पेरीले बियर क्यानबाट बनेको ब्रा लगाएर दिएको प्रस्तुतीले सबैको ध्यान तानेको छ ।

उनले हालैमात्र लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा लगाएको उक्त पहिरनले सबैको ध्यान तान्यो । केटी आफ्नो यो वाइल्ड आउटफिटमा केरी निकै ग्ल्यामर देखिएकी थिइन् । निकै प्रयोगात्मक यो पहिरन उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन् ।

उनीहरूले गायिकाको लुक्सको पनि प्रशंसा गरेका छन् । केटीको लुक जति धमाकेदार थियो, उनको स्टेज प्रस्तुति पनि उत्तिकै सानदार थियो । केटी सिल्भर सिक्वेन मिनी पहिरनमा थिइन् । ब्राको टुप्पोमा दुई बियर क्यान जडान गरिएको थियो ।


आफ्नो ९० मिनेटको प्रस्तुतिमा केटी म्याजिकल ब्रा क्यानबाट बियर निकालेर ग्लास भरेकी थिइन् । स्टेजमा केटीको अगाडि एक ठुलो मास्क राखिएको थियो । जुन मास्कसँग उनले गफ गरेकी थिइन् । उनको यो शो निकै रंगीन देखिएको थियो ।।

 

 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री