महिन्द्रा टु ह्वीलरले यसकारण ल्यायो केयर क्लब
समयपोष्ट
२०७४ माघ १७ गते ६:३१
नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले महिन्द्रा टु ह्वीलर केयर क्लव सुरु गरेको छ ।
कम्पनीले ग्राहकलार्इ गुणस्तरीय र जिम्मेवारसहित सेवा दिन केयर क्लब सुरु गरेको हो ।
कम्पनीका अनुसार यो क्लबमा आवद्ध भएपछि एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सकिने छ ।
यो वाहेक जेन्यून पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट दिने कम्पनीले जानकारी दियो ।
अग्निका आधिकारिक आउटलेटमार्फत १२ सय रुपैयाँ तिरेर क्लबको सदस्य बन्न पाइने कम्पनीले जनाएको छ ।
यसबाहेक कम्पनीले बुधवारदेखि तीन दिन सामाखुशीको सर्भिस सेन्टरमा फ्री सर्भिसिङ र एक्सचेन्ज क्याम्प संचालन गर्ने जनाएको छ ।
प्रतिक्रिया