आइतबार, ११ साउन २०८२

सिड्नीमा प्रदीप र अश्लेषाको ‘प्रेम गीत–२’

समयपोष्ट २०७४ माघ ३ गते १६:१२

नेपाल प्रदर्शनमा सुपरहिट साबित भएको चलचित्र ‘प्रेम गीत–२’ सिड्नीमा पनि प्रदर्शन हुने भएको छ ।

सिड्नीका ईभेन्ट आयोजक कलिउड क्लबले चलचित्रको सिड्नी प्रदर्शन व्यवस्था मिलाएको हो । चलचित्र ‘प्रेम कथा’मा निर्माण भएकोले प्रेम महिनाको रुपमा परिचित  फ्रेब्रुअरी महिना भरि सिड्नीमा चलचित्र प्रदर्शन गरिने क्लबले जनाएको छ ।

युवापुस्ता माझ लोकप्रिय अभिनेता प्रदीप खड्का अभिनित चलचित्रको डायस्पोरा राईट्स ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी अमेरिका र नेपालले लिएको हो ।

यसको पहिलो शो फ्रेब्रुअरी ३ तारिखमा हर्षभिलको सिभिक थियटरमा हुने कलिउड क्लबका निर्देशक श्यामसुन्दर गिरीले जानकारी दिए ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्मित चलचित्रलाई रामशरण पाठक निर्देशन गरेका हुन् ।

सन्तोष शेनको निर्माण रहेको र नेपाल, थाईल्याण्ड र म्यानमारमा छाँयाकन गरिएको चलचित्रमा प्रदिप र अश्लेषा टकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायतका कलाकारको अभिनय रहेको छ ।  चलचित्रमा रहेको ‘प्रेम यो कहानी’ र ‘मोटरसाईकलमा’ बोलको गीत पछिल्लो समयका चर्चित गीत हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री