मरिष्का कसकी ‘साली’ ?
समयपोष्ट
२०७४ माघ ३ गते १५:५८
१ करोड लागतमा निर्माण हुन लागेको फिल्म ‘साली कस्को भेनाको’को मुहर्त गरिएको छ ।
मंगलवार चितवनमा एक कार्यक्रमका बीच बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले क्याल्प ठोकेर फिल्मको मुहर्त गरे ।
नायिका मरिष्का पोख्रेल र नव-नायक देव सागर बि.सीले ‘मुहर्त सट’ दिँदा उद्योग बाणिज्य संघ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुकेले क्यामराको स्विच अन गरे भने लेखक पुष्प आचार्यले नरिवल फुटाए ।
निर्माता प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई भद्र भुजेलले निर्देशन गर्नेछन् । निर्माता श्रेष्ठले यसअघि ‘कर्जा’, ‘कान्छी’, ‘सन्तान’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् ।
फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, बुद्धि तामाङ (हैट), रबि गिरी, बिरेन श्रेष्ठ, देव सागर, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
प्रतिक्रिया