आइतबार, ११ साउन २०८२

यौन कथामा बनेको ‘मिस्टर भर्जिन’ फिल्मको सकियो छायांकन, यस्तो छ कथा

समयपोष्ट २०७४ माघ ३ गते १५:५०
नामको कारण नै चर्चामा रहेको फिल्म ‘मिस्टर भर्जिन’को इन्डक्ल्याप भएको छ । नायिका छुल्ठिम गुरुङमाथी फिल्मांकन गरिएको एक आइटम गीत खिच्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक विशारद बस्नेतले जानकारी दिए । छुल्ठिमसँगै गीतमा नायक गौरव पहारी र कमलमणि नेपालले पनि ठुम्का लगाएका छन् ।
१ करोड लागतमा निर्माण भएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ । फिल्ममा गौरव र कमलमणीका अलावा मरिष्का पोखरेल, भोलाराज सापकोटा, विजय बराल, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ ।
‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री