पार्किङ गरेको ठाउँबाटै माइक्रोबस चोरी
समयपोष्ट
२०७४ पुष ३० गते ९:४०
स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ ।
स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस
प्रतिक्रिया