बुधबार, २ जेठ २०८१

हलिउडमा डेब्यू गर्दै नेपाली ट्रान्सजेन्डर अञ्जली लामा

समयपोष्ट २०७७ माघ १६ गते १०:१९

Advertisement

नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।

६ भागमा बाँडिएको यो फिल्मका निर्देशन संसारभरीका विभिन्न महिला निर्देशकले गर्नेछन् । यो फिल्ममा कलाकारदेखि निर्देशक सबै महिला मात्रै हुनेछन् । डेडलाइनको एक रिपोर्ट अनुसार अञ्जली लामा, बलिउड नायिका ज्याकलिन फर्नान्डिससँग फिल्म निर्माता लिना यादवद्वारा बनाइएको एक भागमा देखिनेछिन् जसको टाइटल हुनेछ ‘शेयरिङ अ राइड’ ।

लर्वोलिनो इन्टरटेन्मेन्टको सह निर्माण र गैर नाफामूलक निर्माण कम्पनी वि डु इट टुगेदरले बनाएको यो प्रोजेक्टमा फिल्मनिर्माता मरिया सोल टोंगान्जी, लुसिया पुएन्जो र क्याथरिन हार्डविक सँगै काम गर्नेछन् । यो फिल्मले महिलाको जीवनका विभिन्न पाटोलाई देखाउने कोसिस गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री