शुक्रबार, १६ चैत २०८०

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले निकाल्यो सिटी जुलुस

समयपोष्ट २०७७ माघ १३ गते १६:४८

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरोधमा काठमाडौंमा सिटी जुलुस निकालेको छ ।

केन्द्रीय संघर्ष समितिको तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार मंगलबार दिउँसो सिटी जुलुस आयोजना निकालेको हो । नेकपा (दाहाल-नेपाल) पक्षका नेता, कार्यकर्ता लैनचौरमा भेला भएर जुलुस निकालेका हुन् । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन घोषणापछि नेकपा दुई समूहमा विभाजन भएको छ ।

दाहाल-नेपाल समूहले संसद् पुनर्स्थापनाको मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री