शनिबार, १५ वैशाख २०८१

आज भारतको ७२ औं गणतन्त्र दिवसः राफेल विमानसहित सैनिक शक्ति प्रदर्शन गरिँदै

समयपोष्ट २०७७ माघ १३ गते ७:४८

Advertisement

आज भारतमा ७२ औं गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसरमा भारतीय सेनाको सैनिक परेड र सांस्कृतिक झलकहरु प्रदर्शन गरिँदैछ । सो क्रममा पहिलोपटक भारतीय सेनाले राफेल लडाकू विमानका साथ टी–९० ट्याङ्क, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई–३० एमके आई लडाकु विमान समेत प्रदर्शन गर्ने जनाइएको छ । राफेल लडाकु विमान केही महिनाअघि मात्र भारतले फ्रान्सबाट ल्याएको हो ।

सोमबार भारतीय रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा १७ वटा राज्य र केन्द्र शासित प्रदेशहरुका झाँकी, ६ वटा रक्षा मन्त्रालयका झाँकी, केन्द्रीय मन्त्रालय र अर्धसैनिक बलका झाँकीसहित ३२ वटा झाँकी देशका समृद्ध सांस्कृति धरोहर, आर्थिक उन्नती र सैन्य ताकत झल्काउने गरी प्रदर्शन गरिनेछ ।

त्यस्तै गणतन्त्र दिवसका अवसरमा दिइने पद्म विभूषणबाट जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवे लगायत सम्मानित हुने भएका छन् । उक्त पुरस्कारबाट आबे र भारतकै दिवंगत गायक एसपी बालासुब्रमण्यमसहित सात जना सम्मानित हुने भएका हुन् । त्यस्तै १० जनालाई पद्म भूषण अवार्ड समेत वितरण गरिँदैछ ।

पदम विभूषण पाउनेहरुमा जापानका पूर्वप्रधानमन्त्री आबे, तमिलनाडुका दिवंगत गायक बालासुब्रमण्यम, तमिलनाडुकै चिकित्सक डा.बेल्ले मोनप्पा हेगडे, अमेरिकाका नरिंदरसिह कपानी लगायत रहेका छन् । पदम विभूषण भारतको सम्मानित पुरस्कार हो ।

नेपलामा पनि मनाईदै

नेपालमा पनि भारतको ७२ औं गणतन्त्र दिवस मनाईने भएको छ । काठमाडौं स्थित भारतीय दूताबासले भारतको राष्ट्रिय झण्डा फहराई गणतन्त्र दिवस मनाउन लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री