शनिबार, ८ वैशाख २०८१

हुम्लामा १० लाख ४० हजार मूल्य बराबरको झिनीगिन्टी बरामद

rss २०७७ माघ १२ गते १८:४९

Advertisement

हुम्लामा नेपाल प्रहरीले ठुलो परिणामको चिनियाँ मदिरा (झिनीगिन्टी) बरामद गरेर नष्ट गरेको छ ।

खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरी चौकीले बिहान ३ः०० बजेको समयमा गाउँ भित्रँदै गरेको ११० कार्टुन बरामद गरेको हो ।

व्यापारिक परियोजनका लागि गाउँ ल्याइएको अवैध ठूलो परिमाणको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो । एक कार्टुनमा १२ बोतल हुने भएकाले ११० कार्टुनमा एक हजार तीन सय बोतल बरामद गरेर आज बिहान जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

एक बोतल सो मदिरा हुम्लामा रु ८०० मा बिक्री हुने भएकाले एक हजार ३०० बोतलको रु १० लाख ४० हजार मूल्य बराबर ठूलो परिमाणको मदिरा नष्ट गरिएको हो ।

लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ ल्याउँदै गर्दा पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री