शुक्रबार, १४ वैशाख २०८१

साथी समेत बोलाएर सामुहिक बलात्कार,ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ

समयपोष्ट २०७७ माघ ११ गते १८:१६

Advertisement

सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगंगा गाउँपालिकाका गुरु चरण चौधरी र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सामुहिक बलात्कारमा परेकी भनिएकी युवतीले दिएको जाहेरीमा कार्तिक २३ गते राति ८ः३० बजे प्रहरी जवान शर्मा भेट्न गएको, भेटघाटको क्रममा युवतीले अपशब्द बोलेपछि शर्माले उनका अन्य तीनजना साथीहरुलाई बोलाएको,त्यहाँमध्ये एक युवतीको नग्न तस्बिर खिचेको र अर्की युवतीलाई पालैपालो सामूहिक बलात्कार गरेको उल्लेख छ ।

निजले घटनाको विषयमा उजुरी दिए नग्न तस्बिर भाइरल गरिदिने धम्कीसमेत दिएको पीडित युवतीहरुले जाहेरीमा उल्लेख छ । घटनामा संलग्न अन्य दुईजना भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री