शनिबार, २९ वैशाख २०८१

ओलीले घुँडा नटेकेसम्म आन्दोलन रोकिदैँन : खनाल

‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु’

समयपोष्ट २०७७ माघ ९ गते १५:३४

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमविरुद्ध काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन ।’

ओलीले बालुवाटारमा बसेर बालुवाटारकै समुह नेकपा आधिकारिक पार्टी भन्ने गरेको भन्दै खनालले एक पटक सडकमा आएर हेर्न आग्रह गरे । खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’

उनले नेपालका न्यायमुर्तिहरुले नेपालका जनताले के भन्दैछन् भनेर सुनिरहेको भन्दै निर्वाचन आयोग पनि हुकुमी शासनले नबनेको बताए ।

Advertisement

खनालले भने,‘यो निर्वाचन आयोग हुकुमी शासनले बनाएको होइन । यो त संविधानले बनाएको आयोग हो । यसले सविधान र विधान अनुसार निर्णय गर्छ’ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री