शुक्रबार, १४ वैशाख २०८१

प्रचण्डको अभिब्यक्तिको प्रतिवाद गर्दै रायमाझीले भने- मांशाहारी आन्दोलन गर्ने धम्की दिनु ‘पाखण्डीपन’

समयपोष्ट २०७७ माघ ८ गते १६:३०

Advertisement

उर्जामन्त्री टोपबहादुर रायमाझीले सम्मृद्धिको यात्रामा हिँड्नुपर्ने बेलामा मांशाहारी आन्दोलन गर्ने धम्की दिनु ‘पाखण्डीपन’ भएको बताएका छन् ।

बिहीबार केपी शर्मा ओली निकट प्रेस संगठनको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले भने,‘आफ्नो सरकार आफैं ढाल्न खोज्ने एकथरी साथीहरु अहिले सडकमा शाकाहारी होइन मांशाहारी आन्दोलन गर्ने भनिरहनुभएको छ । यो जस्तो ठुलो पाखण्ड के हुन्छ ?’

माधव प्रचण्ड समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन अघि मात्रै ‘शाकाहारी आन्दोलनले नहुने’ अभिव्यक्ति दिएका थिए । उक्त अभिब्यक्तिको प्रतिवाद गर्दै रायमाझीले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री